ग्लोबल आइएमई बैंकले आगामी पाँच वर्षभित्र (२०३० सम्म) मा बैंकलाई नयाँ उचाइमा पुर्याउन स्पष्ट लक्ष्य तथा कार्ययोजना सहितको रूपान्तरणकारी पाँच वर्षे व्यवसायिक रणनीतिक रोडम्याप तयार परेको छ।
जिआइबिएल मिसन २०३० नाम दिइएको यो रणनीतिक योजना मार्फत् बैंकले काम कारबाही अगाडि बढाएको छ। ग्लोबल आइएमई बैंक २० औं वर्षमा प्रवेश गर्ने क्रममा रहेसँगै योजनाबद्ध रूपमा अगाडि बढ्न लागेको हो।
आगामी पुस १८ गते बैंक व्यवसायिक रूपमा सञ्चालनमा आएको उन्नाइस वर्ष पूरा हुँदैछ। पाँच वर्षे यो रणनीतिक योजना कार्यान्वयनबाट डिजिटल नवप्रवर्तन, ग्राहक–केन्द्रित सेवा, सञ्चालन उत्कृष्टता र दिगो व्यवसायिक वृद्धिमा सघाउ पुग्न जाने बैंकको विश्वास छ।
यो योजनाको मुख्य उद्देश्य बैंकलाई पहिलो रोजाइको बैंक बनाउने छ। बैंकले यो अवधिमा व्यवसाय विस्तार, दक्षता अभिवृद्धि र निष्कृय कर्जा न्यूनीकरणमा जोड दिने र यसैको आधारमा सन् २०३० सम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य राखेको छ। बैंकले यो अवधिमा वासलात १० खर्बभन्दा माथि पुर्याउने लक्ष्य राखेको छ।
उदेश्यहरूको पुनः प्राथमिकिकरण गर्ने, शाखा सञ्जाल व्यवस्थापन गर्ने, पूर्ण स्वचालित डिजिटल प्रणाली, हरित र दिगो अभ्यासहरू अंगाल्ने गरी नीति तथा कार्यान्वयनको व्यवस्था मिलाइएको छ। बैंकले आफ्नै स्वामित्वको जग्गामा काठमाडौंमा अत्याधुनिक सेवा सुविधा सम्पन्न केन्द्रीय कार्यालय (कर्पाेरेट भवन) निर्माण सम्पन्न गर्ने लक्ष्य समेत राखेको छ।
जिआइबिएल मिसन २०३० का व्यवसायिक रणनीतिक लक्ष्यहरू
ग्राहकहरुलाई बैंकको शाखामा नआइकन नै विभिन्न डिजिटल माध्यमबाट धेरैभन्दा धेरै सेवा सुविधा लिन सक्ने गरी डिजिटल फस्ट बैंकको अवधारणा अगाडि बढाइएको छ ।
डिजिटल सेल्फ ब्रान्चेज, एआई आधारित च्याटबक्स, लोन ओरिजिनेशसन सिस्टम, पूर्ण रूपमा डिजिटाइज गरिएका सेवा र सेवा वितरण प्रणाली लगायतका काम यस अवधारणा अन्तर्गत गरिने बैंकले उल्लेख गरेको छ।
यस योजनाको कार्यान्वयनबाट ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड प्राप्त गर्न, भुक्तानी गर्ने लगायत कार्ड सम्बद्ध सेवाहरू, एलसी-ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोवार अनलाईनबाटै गर्न मिल्नेछ।
त्यस्तै, लगानीकर्तालाई निरन्तर दिगो प्रतिफल दिने उदेश्यले बैंकले योजना बनाएको छ। दिगो व्यवसायिक वृद्धिका लागि खुद्रा, साना तथा मझौला कर्जाको हिस्सा ६५ प्रतिशत पुर्याउने र चल्ती-वचत निक्षेपको अनुपात (कासा) ५० प्रतिशत कायम गर्ने उद्देश्य राखेको छ।
ग्राहकलाई उत्कृष्ट बैंकिङ अनुभव दिन बैंकले ओम्निच्यानल मोडल लागू गर्ने भएको छ। सातै दिन २४ सै घण्टा सेवा प्रदान गर्न इकाइ नै स्थापना गरिने भएको छ।
बैंकमा योग्य र समर्पित कार्यबल निर्माण गर्न उपयुक्त नियुक्ति, निरन्तर सिकाइ पारदर्शी कार्य सम्पादन व्यवस्थापन, कर्मचारी संलग्नता कार्यक्रम, लक्षित कौशल वृद्धि लगायतका काम गरिने भएको छ।
बैंकले उत्तरदायी बैंकिङ अभ्यासलाई आत्मसाथ गर्ने भएको छ। हरित तथा दिगो बैंकिङ अभ्यास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिको लागि दिगो, न्यून–कार्वन, वृताकार अर्थतन्त्रमा सघाउने व्यवसायमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरिने लगायतका काम गर्ने भएको छ।
बैंकको वित्तीय अवस्था :

*
