कुमारी बैंक लिमिटेडले दिगो विकासका लक्ष्यहरूलाई टेवा पुर्याउने उद्देश्यले ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।
'एक खाता, एक रुख' सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत प्रत्येक नयाँ खाता खोल्दा बैंकले आफ्ना तर्फबाट एक रुख रोप्नेछ।
यस योजनामा खातावालाहरूले साधारण बचत खाता भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, र योग्यता अनुसार दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा प्राप्त गर्नेछन्।
बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट संकलित निक्षेप दिगो विकास प्रवर्द्धन गर्ने र वातावरणमा सकारात्मक प्रभाव पार्ने क्षेत्रमा लगानी गरिनेछ।
बैंकका सबै शाखामा यो योजना उपलब्ध छ र इच्छुक ग्राहकले नजिकको शाखा वा वेबसाइटमार्फत विवरण बुझ्न सक्नेछन्।
२४ वर्षदेखि सेवा दिइरहेको कुमारी बैंकले देशभरका ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय साक्षरता तथा दिगो विकासका कार्यक्रमहरूमा निरन्तर योगदान गर्दै आएको जनाएको छ।