साना किसान विकास लघुवित्त कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो।
कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र वार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ।
यसअघि कम्पनीले १३.३० प्रतिशत बोनस सहित कुल १४ प्रतिशत लाभांश दिएको थियो।
हाल कम्पनीको सेयर प्रतिकित्ता आठ सय ८८ रूपैयाँमा कारोबार भइरहेको छ।