नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ।
सोमबार समितिको पहिलो बैठक बसेको हो। केही समयअघि सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई जिम्मेवारी दिइएको थियो।
समितिमा नेपाल स्टक एक्सचेन्जका मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रुपेश केसी र विज्ञ सदस्यमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी छन्।
सरकारले नेप्सेको पुनर्संरचनाको लागि समितिलाई ५० दिनभित्र प्रतिवेदन बुझाउने समय तोकेको छ।