कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ।
मङ्सिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् उक्त लाभांश वितरण गरिनेछ।