कामना सेवा विकास बैंकले लगातार दोस्रो वर्ष ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड’ हासिल गरेको छ।
बैंकलाई वित्तीय सेवा क्षेत्रमा प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित गरिएको हो।
साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको आधारमा पारदर्शिता, जवाफदेहिता र सुशासनको मूल्याङ्कन गर्दै अवार्ड प्रदान गर्छ।
बैंकले १८औं वार्षिक साधारणसभाका लागि तयार गरेको प्रतिवेदनले शेयरधनी तथा सरोकारवालालाई वित्तीय विवरण उत्कृष्ट रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा पाएको हो।
उक्त अवार्ड पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमा प्रदान गरिएको थियो। बैंकले गत वर्ष पनि साफा अवार्ड जितेको थियो।
साफा, इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको क्षेत्रीय साझेदार, दक्षिण एसियाका ११ सदस्य निकायको समष्टि संस्था हो र हरेक वर्ष वित्तीय प्रतिवेदनको मूल्याङ्कन गर्दै विभिन्न विधामा अवार्ड वितरण गर्छ।