लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियान ‘डिजिटल डिसेम्बर २०२५’ सुरु गरेको छ।
‘इम्पावरिङ एन्टरप्राइजेज’ नारासहित यो सातौँ संस्करण उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ।
डिसेम्बरभर चल्ने अभियानले देशभरका व्यवसायलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्नेछ।
अभियान अन्तर्गत भिसा–मास्टरकार्ड भुक्तानी सुविधा, अन कार्ड (भर्चुअल क्रेडिट कार्ड), कर्पोरेटपे तथा राष्ट्रिय भुक्तानी इन्टरफेस एकीकरण र ‘लक्ष्मी वाणी’ (क्युआरभ्वाइस बक्स) सेवाको प्रवर्द्धन गरिनेछ।
व्यवसायीहरूले विशेष अनबोर्डिङ लाभ तथा छुट पाउने बैंकले जनाएको छ।
डिजिटल च्यानल प्रमुख सुमन प्रसाद गेलालका अनुसार अभियानले उद्यम भुक्तानी नवप्रवर्तन र सुरक्षित, पारदर्शी डिजिटल अर्थतन्त्र निर्माणमा मद्दत गर्नेछ।