एनआइसी एसिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी प्रयोग गरी आँखा, नाक, कान र घाँटी सम्बन्धी उपचारमा २० प्रतिशतसम्म छुट पाउनेछन्।
आँखा, नाक, कान र घाँटी र सामान्य सेवा अन्तगर्त ओपिडीमा २० प्रतिशत तथा जाँच इन्भेस्टिगेशनमा १० प्रतिशत छुट दिइनेछ।
आँखा उपचारमा ओपिडीमा २० प्रतिशत, शल्यक्रिया शुल्क, शल्यक्रिया प्याकेज र जाँचमा ५ प्रतिशत, ल्याब टेस्टमा १० प्रतिशत र अप्टिकल सामग्रीमा ७.५ प्रतिशत छुट उपलब्ध हुनेछ।
ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा यो सुविधा पाउँनेछन्।
बैंकका अनुसार, यस सहकार्यले स्वास्थ्य सेवामा सहयोग गर्दै डिजिटल भुक्तानी प्रवर्धन गर्नेछ।