महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।
बैंकले 'बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट' विधामा भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित समारोहमा सम्मानित भएको हो।
बैंकको ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्वास अभिवृद्धि, सेवामा नवप्रवर्तन, नेतृत्व विकास, मिडिया उपस्थिति तथा सामाजिक उत्तरदायित्व जस्ता क्षेत्रमा गरेको उत्कृष्ट कार्य गरेकाले बैंक अवार्डका लागि छनोट भएको आयोजकले जनाएका छन्।
बैंकले नेपाल–भारतबीच सीमा–पार वित्तीय सेवा र भुक्तानी प्रणालीलाई सहज बनाउन यस अवार्डले थप प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।
हालै महालक्ष्मी विकास बैंक भारतीय ‘इन्डियन चेम्बर अफ कमर्स’ को अवार्डबाट पनि सम्मानित भएको थियो। जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको विश्वसनीयता बढाएको बैंकले जनाएको छ।