शिवम् सिमेन्टको दशौं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ।
कम्पनीले दश प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो।
बोनस शेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा बृद्धि भई जारी तथा चुक्ता पुँजी पाँच अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ।