आइतबार नेप्से १९.९२ अंकले घटेको छ।
नेप्से ०.७६ प्रतिशतले घटेर २५९५.१० विन्दुमा झरेको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार चार अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ५२ करोड रूपैयाँ पुगेको छ।
यस दिन ३४५ वटा धितोपत्रको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो।
यसदिन ४३ कम्पनीको सेयरमूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै सात कम्पनी स्थिर छन्।
आइतबार एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ६८४ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, सिटिजन्स बैंकको डिबेञ्चरको मूल्य ९.८३ प्रतिशतले बढेर प्रति डिबेञ्चर मूल्य एक हजार २४६ रूपैयाँ कायम भएको छ।
यसैगरी, सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ २० पैसामा झरेको छ।
आइतबार स्वतिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता दुई हजार नौ सय रूपैयाँमा १३ करोड पाँच लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.३६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बाराही हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ५५० रूपैयाँमा ११ करोड ९० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले घटेको छ।