मंगलबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा बन्द भएको हो।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब ४७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर सात अर्ब १२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३४ वटा धितोपत्रको एक करोड ४८ लाख ३१ हजार २४८ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १४८ कम्पनीको सेयरमूल्य बढेको छ भने १०३ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
यसदिन जीवन विकास लघुवित्तको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४५६ रूपैयाँ पुगेको छ।
यस्तै, थ्री स्टार हइड्रोपावरको मूल्य ९.५४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८२ रूपैयाँ पुगेको छ।
यसैगरी, रूरू जलविद्युतको मूल्य सर्वाधिक ८.४१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६७५ रूपैयाँमा झरेको छ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार तीन सय रूपैयाँमा २४ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बुटवल पावर रहेको छ। उक्त कम्पनीको ७६९ रूपैयाँमा २३ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ।