सानिमा बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा नेसनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
उक्त सम्झौतापछि एनपिएस–एनसिएसमा बैंकको स्विच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार अक्वायर गर्न सक्नेछन्।
हालसम्म एनपिएस–एनसिएसमा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरूले लाइभ अपरेसन सुरू गरिसकेका छन्।
एनसिएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरू गरिसकेको छ र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ।
नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटिएम र पिओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ।
एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना भएको हो।
उक्त प्रणालील गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
एनपिएस–एनसिएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
हरेक बैंकले कार्ड सम्बन्धी विभिन्न प्रोडक्छ तथा सेवाहरू विस्तार गर्न आफ्नो कार्ड स्विच समेत सञ्चालनमा ल्याएको छ।
सानिमा बैंकले देशभरि रहेका १०६ वटा शाखा, २८ विस्तारित काउन्टर तथा १२७ एटिएम टर्मिनल मार्फत बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।