नेसनल लाइफ इन्स्योरेन्सको ३८औं वार्षिक साधारण सभा आज (बुधबार) कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि कम्पनीको चुक्ता पुँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख रूपैयाँमा ४ प्रतिशतको बोनस सेयर थप भई कुल चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख रूपैयाँ पुगेको छ।