गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच एक सम्झौता सम्पन्न भएको छ।
बैंकमा आवद्ध चार्टर्ड एकाउन्टेन्डहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघ बीच सम्झौता भएको हो।
सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरे।
सम्झौतापछि नेपाल चार्टर्ड एकाउन्टेन्ड संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५ हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रूपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ड संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ड सदस्यहरूलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ।
हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ।