सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार आचार्यले आज सोमबार पदभार ग्रहण गरेका छन्।
बैंकको सञ्चालक समितिको गत कात्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।
२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआइटी, जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।
सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन्।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्।
बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।
यसका साथै उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।
प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।