सोमबार नेप्से परिसूचक स्थिर रहेको छ।
आइतबार १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको नेप्से सोमबार २६९५.७३ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार नौ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार आठ अर्ब २२ करोडमा झरेको छ।
यसदिन ३३० वटा धितोपत्रको एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११४ कम्पनीको सेयरमूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
यसदिन तीन कम्सनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको मूल्य सर्किट लेभलमा बढेको छ।
यस्तै, सान्भी इनर्जीको मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९५१ रूपैयाँ पुगेको छ।
यसैगरी, यसदिन मिथिला लघुवित्तमा नकारात्मक सर्किट लागेको छ।
उक्त कम्पनीको मूल्य १० प्रतिशतले प्रतिकित्ता मूल्य एक हजार ३९९ रूपैयाँ ५० पैसामा झरेको छ।
यस्तै, क्रेष्ट माइक्रोइन्स्योरेन्सको मूल्य ५.५३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४८२ रूपैयाँ कायम भएको छ।
सोमबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३३० रूपैयाँमा ४१ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १.१० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको दुई हजार ३० रूपैयाँ ७० पैसामा ३८ करोड ५० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।