मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार आठ अर्ब २२ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार आठ अर्ब ६३ करोड पुगेको छ।
यसदिन ३२२ वटा धितोपत्रको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ६६ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८९१ रूपैयाँ पुगेको छ।
यस्तै, एचएलआई लार्ज क्याप फण्डको मूल्य ९.९५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रूपैयाँ २८ पैसा पुगेको छ।
यसैगरी, यसदिन सान्भी इनर्जीको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ४.६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०७ रूपैयाँमा झरेको छ।
यस्तै, पियोर इनर्जीको मूल्य ४.५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८१ रूपैयाँ कायम भएको छ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता दुई हजार १२८ रूपैयाँ ९० पैसामा ५९ करोड २९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४.८४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३२२ रूपैयाँमा ४१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ।