बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार सात अर्ब ५९ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३२६ वटा धितोपत्रको तीन करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार २०१ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ वटाको घटेको छ। यस्तै, चार कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
कालिन्चोक दर्शन, सुपर माइ हाइड्रोपावर र मोदी इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, रिडी पावरको मूल्य ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २६३ रूपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ९.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९४ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, मेगा म्युचुअल फण्ड १ को मूल्य ६.२५ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ कायम भएको छ।
बिहीबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५३१ रूपैयाँमा ५८ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.८४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको ८७५ रूपैयाँमा ५७ करोड ५० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.४८ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको छ।
यसमध्ये निर्जीवन बीमा र अन्य समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ।