सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच पे कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसिएचल) बीच नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत नेपाल पे कार्ड सञ्चालनका लागि सो सम्झौता भएको हो।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड एनसिएचएलको इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) सदस्यहरूभित्र नेपाल पे कार्ड जारी गर्ने पहिलो बैक भएको छ ।
यो सम्झौतापछि बैंकको एटिम तथा पिओस टर्मिनलहरुमा नेपाल पे कार्ड र डिस्कोभर, डिनर्स, प्लस जस्ता अन्तर्राष्ट्रिय काडहरु पनि स्वीकार हुने जनाइएको छ।
यससँगै बैंकका ग्राहकले छिट्टै एनसिएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपाल पे कार्ड पनि प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ ।