साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।
नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार आठ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब १० करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३७ वटा धितोपत्रको दुई करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३९ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन मध्य भोटेकोशी जलविद्युतको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१३ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, रसुवागढी हाइड्रोपावरको मूल्य ९.८८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३०८ रूपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, कालिन्चोक दर्शनको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ७.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०१ रूपैयाँ पुगेको छ।
यस्तै, रिडी पावरको मूल्य ३.४७ प्रतिशतले घटेर कित्ता ३२२ रूपैयाँ ९० पैसा कायम भएको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४३४ रूपैयाँ ४० पैसामा ७० करोड ५३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको एक हजार ८९२ रूपैयाँमा ४३ करोड ४२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स तथ पर्यटन समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले घटेको छ।