यस योजना अन्तर्गत बैंकले अधिकतम ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार न्यूनतम २५ लाख रूपैयाँदेखि अधिकतम १० करोड रूपैयाँसम्म कर्जा प्रदान गरिनेछ।
उक्त कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण, साथै घडेरी खरिदका लागि सहज प्रक्रियामार्फत उपलब्ध हुनेछ।
कर्जाको अधिकतम अवधि २५ वर्ष तोकिएको छ।
पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा र धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म तथा अन्य ग्राहकका लागि अधिकतम ७० प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ।
योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्नेछन्।
बैंकले यो योजना घर खरिद तथा निर्माण गर्ने ग्राहकहरूको सपना साकार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।