गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक कोष प्रवर्द्धक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १ अर्ब रूपैयाँ बराबरको पहिलो खुलामुखी योजना 'गरिमा सुवर्ण योजना' सार्वजनिक भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी योजना हो।
प्रारम्भिक रूपमा ५० करोड रूपैयाँ रकम बराबरको प्रति इकाई १० रूपैयाँको दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्कासन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन्।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यसपूर्व सार्वजनिक निष्कासन गरिएको १ अर्ब २५ करोड रूपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना 'गरिमा समृद्धि योजना' हाल सञ्चालनमा रहेको छ।