सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
नेप्से ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ११ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ७ अर्ब ९४ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ८६ कम्पनीको सेयरमूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतका दरले बढेका छन्।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ३३४ रूपैयाँ ४० पैसा, ३३० रूपैयाँ र ३३० रूपैयाँ कायम भएको छ।
यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ९.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९० रूपैयाँ पुगेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ५२० रूपैयाँ कायम भएको छ।
सोमबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३२९ रूपैयाँमा ६५ करोड तीन लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३८० रूपैयाँमा ५२ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।