महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीहरूको समेत विश्लेषण गरेको छ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रूपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको हो।
साथै उक्त कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन् ।