सुपर खुदी हाइड्रोपावरको सेयर कारोबार आज (बुधबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कम्पनीको ’एसकेएचएल’ संकेतमा सेयर कारोबार खुला भएको छ।
मंगलबार नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरेको ३१ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको १ करोड २४ लाख कित्ता सेयर गरी कुल १ करोड ५५ लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।