साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
बुधबार १५ अर्ब नौ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १३ अर्ब १६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४३ वटा धितोपत्रको तीन करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
यसदिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा पञ्चकन्या माई हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ७.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक ३९६ रूपैयाँमा झरेको छ।
यसैगरी, सिन्धु विकास बैंकको मूल्य ३.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३३ रूपैयाँमा सीमित भएको छ।
बिहीबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ६६८ रूपैयाँमा ९४ करोड २९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको दुई हजार १९ रूपैयाँ ९० पैसामा ३५९ रूपैयाँमा ७१ करोड ९२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ।