सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्राको सेयर प्रतिकित्ता २८४ रूपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रूपैयाँमा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
सूर्यकुण्ड हाइड्रोको 'एसकेएचइएल' र रिज लाइनको 'आरएलइएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
बिहीबार सूर्यकुण्ड हाइड्रोको सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीले पहिलो कारोबारको लागि ९४ रूपैयाँ ७७ पैसादेखि २८४ रूपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।
रिज लाइनको सेयर भने बुधबार नेप्सेमा सूचीकृत भएको थियो।
यो कम्पनीले पहिलो कारोबारका लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
कम्पनीको सर्वसाधारणमा वितरण गरेको २६ लाख ७ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ९२ लाख लाख ९३ हजार कित्ता सेयर गरी कुल १ करोड १८ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको बिहीबार प्राविधिक समस्याका कारण ३० रूपैयाँमा पहिलो कारोबार भएको थियो। यस दिन भने कम्पनीको ३०० रूपैयाँमा कारोबार खुला भएको हो।