आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।
बिहीबार १३ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब ३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १० कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइफ इनर्जीको सेयर मूल्य १० प्रतिशत, सूर्यकुन्ड हाइड्रोपारको ९.९९ प्रतिशत, भुजुङ हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशत र होटल फरेस्ट इनको मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा युनिक नेपाल लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य ६.१७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८११ रूपैयाँमा झरेको छ।
यसैगरी, हिमालयन बैंकको बण्डको मूल्य ५.६२ प्रतिशतले घटेर प्रति बण्ड मूल्य एक हजार १२४ रूपैयाँ ८० पैसामा सीमित भएको छ।
आइतबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३७७ रूपैयाँमा ७१ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ४६७ रूपैयाँमा ५२ करोड २८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हे।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।