सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ।
आइतबार ७१.०५ र सोमबार ४७.७१ अंक यो दुई दिनमा सेयर बजार ११८.७६ अंकले घटेको छ।
सोमबार नेप्से १.६५ प्रतिशतले घटेर २८३१.३९ विन्दुमा बन्द भएको छ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ।
आइतबार १५ अर्ब ३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब ९६ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ७ करोड रूपैयाँ कमी आएको हो।
यसदिन ३४१ वटा धितोपत्रको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३७ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ९.९९ प्रतिशत, सूर्यकुन्ड हाइड्रोपारको मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा सोलु हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ७.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६७५ रूपैयाँमा झरेको छ।
यसैगरी, युनिक नेपाल लघुवित्तको मूल्य ७.२३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६८० रूपैयाँमा सीमित भएको छ।
सोमबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३७८ रूपैयाँ २० पैसामा ६८ करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ४७० रूपैयाँमा ४३ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हे।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।