सरकारले व्यवसायीहरू पक्राउ गरेसँगै उच्च अंकले सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरू विरोधमा उत्रिएका छन्।
केही समयअघि लगानीकर्ता तिलक कोइराला, विकास श्रेष्ठ सहितका लगानीकर्ताहरू सिंहदरबारको पश्चिम गेट अगाडि विरोध गर्न पुगेका थिए।
तर, प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएर नेपाल आयल निगम अगाडि पुर्याएको थियो।
यससँगै अहिले लगानीकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेर विरोध जनाउने भएका छन्।
लगानीकर्ता तिलक कोइरालाले भने,'हामी अहिले रास्वपाको पार्टी कार्यालय जाँदैछौं, त्यहाँ विरोध गर्नेछौं।'
कोइराला सरकारले बजारमा बदमासी गर्नेलाई पक्राउ गर्नु सही भएको बताउँछन्।
तर सरकारले पनि लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने, बजार सुधार लगायतका काम फटाफट गर्नुपर्ने बताउँछन्।
'सरकारको विरोध गर्न नभई सरकारलाई बजारमैत्री काम फटाफट गर्न दबाब दिन लागेका हौं,' कोइरालाले स्पष्ट पारे।
सरकारले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड पुनःसंरचना, आइपिओमा भएको अनियमितता छानबिन र एसएमइ प्लेटफर्म सञ्चालनजस्ता सुधारहरू छिटो कार्यान्वयन गनुपर्ने उनीहरूको माग छ।
साथै, मार्जिन ट्रेडिङ, अनलाइन प्रणाली र एनआरएनको लागानी भित्र्याएर बजारमा पहुँच र तरलता बढाउनुपर्ने बताएका छन्।