नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
डेपुटि गभर्नरको अवधि पाँच वर्षको हुनेछ। यसअघिका बम बहादुर मिश्र र निलम ढुंगाना डेपुटी गभर्नरको पदावधि सकिएसँगै केन्द्रीय बैंकमा फागुन २४ गतेदेखि डेपुटी गभर्नर रिक्त थियो।
बरिष्ठ डेपुटि गभर्नरले राष्ट्र बैंकमा गभर्नरको अनुपस्थितिमा गभर्नरको कामकाज गर्ने जिम्मेवारी दिने व्यवस्था छ।
पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए।
पण्डितले यसअघि राष्ट्र बैंक भित्र बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, भुक्तानी प्रणाली विभाग लगायतमा काम गरिसकेका छन्।