मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार १० अर्ब ९२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको मूल्य १० प्रतिशत, रिज लाइफ इनर्जी र सूर्यकुन्ड हाइड्रोपारको सेयर मूल्य ९.९९ प्रतिशत र होटल फरेस्ट इनको ९.९८ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा एनआएबिएल ग्रोथ फण्ड रहेको छ।
उक्त योजनाको मूल्य ७.०८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ९८ पैसामा झरेको छ।
यसैगरी, झापा इनर्जीको मूल्य ३.९६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २८५ रूपैयाँमा सीमित भएको छ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४५७ रूपैयाँमा २४ करोड २२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ५४५ रूपैयाँमा २४ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।