बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ६ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४६ वटा धितोपत्रको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावर, रिज लाइफ इनर्जी र सूर्यकुन्ड हाइड्रोपारको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा स्वेत गंगा हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ४.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२४ रूपैयाँमा झरेको छ।
यसैगरी, प्राइम बैंकको डिबेन्चरको मूल्य ३.२३ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ६७ रूपैयाँ १० पैसामा सीमित भएको छ।
बुधबार एसवई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ९०१ रूपैयाँमा ४६ करोड ८१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ८९९ रूपैयाँ ५० पैसामा ४२ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ।