एनआइबिएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एनआइबिएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रूपैयाँ सेयर लगानी गरेको हो।
एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता छ र एनआइएमबी एस क्यापिटलले यसको व्यवस्थापन गर्छ।
गुर्खाज हिमालयन हाइड्रो कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।
आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ।
आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए)गरिसकेको छ।
उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने छ।
आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।
यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ।