शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा बन्द भएको छ।
नेप्से घटे पनि यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३५ वटा धितोपत्रको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन र पाल्पा सिमेन्टको मूल्य १० प्रतिशत, रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रो र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्सड् फण्ड रहेको छ।
उक्त योजनाको मूल्य ४.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४२ पैसामा झरेको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ४.०६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६ पैसामा सीमित भएको छ।
शुक्रबार नेसनल हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३१० रूपैयाँ ५० पैसामा ५१ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार सात सय रूपैयाँमा ४३ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र उत्पादन समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ।