सोमबार नेप्से परिसूचक सामान्य दोहोरो बढेको छ।
नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ३ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५२ वटा धितोपत्रको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।
पियोर इनर्जीको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६१ रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, गणपति लघुवित्तको मूल्य ७.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १४५ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा इमर्जिङ नेपाल रहेको छ।
उक्त कम्पनीको मूल्य १५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६९१ रूपैयाँ ६० पैसामा झरेको छ
यसैगरी, सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशतले घटेर कित्ता ४९७ रूपैयाँ ७० पैसामा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ९४० रूपैयाँमा २५ करोड २१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा गरिमा विकास बैंक रहेको छ। उक्त कम्पनीको ४४७ रूपैयाँमा १७ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ।
यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशतले बढेको छ।