बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ३ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५२ वटा धितोपत्रको एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २९९ रूपैयाँ पुगेको छ।
यस्तै, शुभम पावरको मूल्य ६.४० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६५५ रूपैयाँ कायम भएको छ।
यसदिन तीन कम्पनीमा नकारात्मक सर्किट लागेको छ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको मूल्य १४.९९ प्रतिशतका दरले घटेको छ।
यसैगरी, कालिन्चोक दर्सनको मूल्य १४.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२३ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बुधबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ९९३ रूपैयाँमा ४२ करोड ७६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स रहेको छ। उक्त कम्पनीको ५६१ रूपैयाँमा १७ करोड ११ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र न्प्से घटेको हो।
यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले घटेको छ।