आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायीहरू पक्राउ पर्ने क्रम जारी रहेपछि लगानीकर्ता आत्तिँदा नेप्सेमा उच्च अंकको गिरावट आएको हो।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ८ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३२८ वटा धितोपत्रको तीन करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ७ कम्पनीको सेयर मूल्य बढेको छ भने २६१ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, रिज लाइफ इनर्जी, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रोपारकोको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
यस्तै, सात कम्पनीमा नकारात्मक सर्किट लागेको छ।
नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जीको मूल्य १० प्रतिशतका दरले घटेको छ।
यस्तै, गार्डीयन माइक्रो लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको मूल्य ९.९९ प्रतिशतले घटेको छ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ७०४ रूपैयाँ ७० पैसामा ५८ करोड २८ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६४६ रूपैयाँमा ४५ करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ।
यो पनि:
नयाँ सरकारसँग किन डरायो नेप्से?